बीना मलिकलाई २६ वर्ष कैद सजाय

img1

अभिनेत्री बीना मलिकलाई ईश्वर निन्दा गरेको आरोपमा २६ वर्ष जेल सजाय सुनाइएको छ।
बलिउडमा समेत काम गरिसकेकी मल्लिक सहित पाकिस्तानी टिभी च्यानल जियोबाट ईश्वर निन्दासम्बन्धी कार्यक्रम चलाएको अभियोगमा टिभी संचालक शालिक उर रहमान र बीनाका पतिलाई पनि दोषी ठहर्‍याएको छ।
जियो टिभीबाट प्रत्येक बिहान प्रशारण हुने कार्यक्रम 'उठो जागो पाकिस्तान' कार्यक्रममा बीनाले बिवाह र उनले लगाएको मेहन्दीको भिडियो प्रत्यक्ष प्रशारण गरिएको थियो। टिभीमा म्युजिक ब्याण्डले 'अलि के साथ है जहराका शादी' बोलको गीत पनि देखाइएको थियो। सो भिडियोप्रति आपत्ति जनाउँदै कट्टरपन्थी समूहले एक एन्टी टेररिज्म कोर्टमा मुद्दा दायर गरेका थियो। अदालतले टिभीमा देखाइएको सो कार्यक्रमको प्रसरण सामाग्रीले ईश्वर निन्दा गरेको ठहर गरेको थियो। सो विवादस्पद भिडियो गत मे महिनामा देखाइएको थियो।

अदालतले टिभीका कार्यक्रम प्रस्तोता शाइस्ता वाहिदीलाई पनि २६ वर्षको जेल सजाय सुनाएको छ। साथै अदालतले उनीलाई १३ लाख रुपैंया जरिवानासमेत गरेको छ।