जेरीले चोर्यो कोरियन फिल्मको पोष्टर

img1

गत साता रिलिज भएर चर्चामा आएको नेपाली फिल्म जेरी अहिले अर्को काण्डका कारण चर्चामा छ । कोरियन फिल्मको पोष्टरको हुबहु मिल्ने गरी आफ्नो पोष्टर बनाएको पाइए पनि जेरी चर्चा र विवादमा आएको हो ।
कोरियन फिल्म स्टार्टिङ ओभर अगेन को र जेरीको पोष्टरमा धेरै समानता देखिन्छ । यद्यपि विदेशी फिल्मको पोष्टरसँग मिल्नेगरी आफ्नो पोष्टर बनाउने जेरी पहिलो फिल्म भने होइन । यसअघि नै थुप्रै नेपाली फिल्मको पोष्टर विदेशी फिल्मसँग हुबहु मिल्नेगरी बनाइएको पाइएको छ ।
नेपाली फिल्ममा विदेशी फिल्मको कथा चोरी हुने घटना त अब निकै पुरानो भइसक्यो, अब पोष्टर हुँदै के के चोरी हुने हो हेर्दै जानुस् ।