अनुष्काबारे बोले विराट

img1

भारतीय क्रिकेटर विराट कोहली ब्याटिङमा जति आक्रामक छन्, अरू स्टाइलमा पनि त्यही स्वभाव झल्काउने गर्छन् । जस्तो कि, भर्खरै उनले एक ठाउँ भनेका छन्, 'अनुष्का शर्मासँगको मेरो रिलेसनसिप खुला किताबजत्तिकै छ ।'

बलिउड अभिनेत्रीसँगको सम्बन्धलाई विराटले यसरी हाँकपूर्वक स्विकारिरहे पनि उनी आश्चर्य केमा पर्ने गर्छन् भने, अझै पनि उनलाई यहीबारेका प्रश्न बढी सोधिने गर्छन् । 'अनुष्का र मबीच जे भइरहेको छ, सबैको अगाडि भइरहेको छ, हामीले कुनै कुरा लुकाएका छैनौं,' हालै मात्र सबैभन्दा छिटो छ हजार रन बनाउने क्रिकेटरको कीर्तिमान राखेका २६ वर्षेले प्रवचनको शैलीमा भनेका छन्, 'यदि दुई व्यक्ति कहीँ बारम्बार साथै भेटिन्छन् भने उनीहरू साँच्चै डेटिङमै हुन्छन् ।'