मिस होन्डुरस मृत फेला

img1

मिस होन्डुरस मारिया जोसे अल्भराडो आफ्नी दिदीसहित बुधबार मृत फेला परेकी छन्। मारिया १९ वर्षकी थिइन् भने उनकी दिदी २३ वर्षकी।

बीबीसीका अनुसार, दुवै गत बिहीबारदेखि बेपत्ता थिए। सान्ता बारबारा क्षेत्रको एउटा रिसोर्टबाट बाहिरिँदै गरेका बेला देखिएका उनीहरूको त्यसपछि अत्तोपत्तो लाग्न सकेको थिएन। त्यसको अर्को दिन मारिया लन्डनतर्फ उड्ने तरखरमा थिइन्, डिसेम्बरमा हुने मिस वल्र्डमा भाग लिन ।

स्थानीय प्रहरीले मारियाका प्रेमीसहित चारजनालाई नियन्त्रणमा लिएर उक्त घटनाबारे सोधपुछ गरेको छ। होन्डुरसको राष्ट्रिय अपराध अनुसन्धान ब्युरोका प्रमुखले मारिया र उनकी दिदीका शव नदीछेउ गाडिएको अवस्थामा फेला परेको जानकारी दिँदै थपे, 'यी शव उनीहरूकै हुन् भन्नेमा कुनै सन्देह छैन।' शंकास्पद व्यक्तिलाई नियन्त्रणमा लिइएको तथा घटनामा प्रयुक्त हतियार र कार पनि बरामद गरिएको समेत उनले जानकारी दिए।