टी-२० सेरिज खेल्ने नेपाली टीमको जर्सी आइपुगेन

img1

३ मंसिर, दाम्बुला (श्रीलंका) । हङकङसँग टी-२० क्रिकेट सेरिज खेल्न दम्बुला आएको नेपाली टीमको जर्सी अझै आइपुगेको छैन । पानीका कारण पहिलो टी २० खेल निर्धारित समयमा सुरु नहुने पक्का भएको छ । तर, टीममा भने खेल हुने नहुनेसँगै खेल भए कुन जर्सी लगाएर खेल्ने भन्ने तनाव थपिएको छ । टीम म्यानेजर शैलेश चौधरीले जर्सी नआएकोबारे क्यानमा ताकेता गरिरहेका छन् । स्रोतका अनुसार जर्सी निर्माता कम्पनी ‘बीएस’ले जर्सी कोलम्बा पुगिसकेको बताएको छ । तर, कोलम्बोबाट दाम्बुला आउनै ४-५ घण्टा समय लाग्छ । जर्सी नआए नेपाली खेलाडीले पुरानै जर्सीमा खेल्नु पर्नेछ । नेपाल र हङकङबीचको टी-२० सेरिज केही महिना अघि नै तय भएको हो । तर, पनि खेलाडीको जर्सी अझैसम्म नआउनु क्रिकेट संघको लापरबाहीको नमुना हो ।