वडा नम्बर ६ प्रचार प्रसार नै यस्तो, फिल्म होला कस्तो ?

img1


बालाजुस्थित माछापोखरीबाट शुरु गरिएको वडा नम्बर ६ को स्ट्रिट कन्सर्टलाई चलचित्र युनिटले निरन्तरता दिईएको छ । चलचित्र प्रर्दशनको संघारमा निकै आक्रमक प्रचार प्रसारमा उत्रेको वडा नम्बर ६ युनिटले आईतबार राजधानीका चक्रपथ, चावहिल र कोटेश्वरमा वृहत कार्यक्रम गरेको छ ।
यसैपनि हाँस्यकलाकारहरु त्यसमाथी अब सिनेमाको हिरो, दर्शकमाझ क्रेज त हुने नै भयो, कार्यक्रममा देखिएको ब्यापक जनसहभागिताले यही कुरा पुष्टि गर्छ कि चलचित्र दर्शकहरुको लागि बहुप्रतिक्षित बनेको छ ।
आईतबारदेखि निकै ब्यापक रुपमा सडकमा उत्रिएको चलचित्रको टोलीले सोमबार र मंगलबार पनि यो प्रचारशैलीलाई निरन्तरता दिने भएको छ । काठमाण्डौं, ललितपुर र भक्तपुरका विभिन्न चोकहरुमा यस्तै मनोरञ्जनात्मक कार्यक्रमहरु प्रस्तुत गरिने बताईएको छ । रमाईलोसँगै मनोरञ्जनले दर्शकहरुमाझ चलचित्रका बारेमा राम्रो छाप छोड्न सकिन्छ भन्ने लाग्छ चलचित्रका निर्माता दिपकराज गिरी भन्छन्, प्रोमोसनल स्ट्रिट कन्सर्टबाट निकै राम्रो प्रतिक्रियाहरु प्राप्त भईरहेको छ ।
असोज १ गतेदेखि सार्वजनिक प्रर्दशनमा आउन लागेको यस चलचित्रको रमाईलो प्रोमोशन कार्यक्रममा बालबालिका, युवायुवती तथा ७० बर्षे हजुरआमा पनि मज्जाले रमाएको देखियो । उज्जवल घिमिरे निर्देशित चलचित्र वडा नम्बर ६ को प्रोमोशनल कार्यक्रममा दर्शकहरुले नायिका प्रियंका कार्की निकै खोजी गरेता पनि उनको सहभागिता भने देखिएन् । त्यस्तै चलचित्रका कलाकार जितु नेपाल पनि अहिले अमेरिका छन् भने दयाहाङ्ग सुटिङ्गमा रहेकाले उनीहरुको पनि उपस्थिती प्रोमोशनल कार्यक्रममा देखिएको छैन । यता चलचित्रका निर्देशक उज्जवल घिमिरेको पनि प्रचार प्रसारको कार्यक्रममा उपस्थ्तिी शुन्य छ ।