कबड्डीले जित्यो बेष्ट फिल्म अवार्ड

img1

लामोसमयदेखि नेपाली चलचित्र क्षेत्रमा क्रियाशील रहि पुर्याएको योगदानको कदर स्वरुप अभिनेता,निर्देशक नीर शाहलाई सरकारले यस वर्षको दीर्घ साधना सम्मानबाट सम्मानित गरेको छ । मंगलवार काठमाडौंमा आयोजित राष्ट्रिय फिल्म अवार्डमा बरिष्ठ कलाकार शाहलाई ३ लाख ५१ हजार रुपैयाँ नगद पुरस्कार सहित सम्मानित गरिएको हो । राष्ट्रपति भवन शितल निवासमा चलचित्र विकास वोर्डद्धारा आयोजित राष्ट्रिय चलचित्र पुरस्कार तथा चलचित्र दीर्घ साधना सम्मान २०७१ मा उत्कृष्ट चलचित्रको अवार्ड कवड्डी फिल्मले जितेको छ ।
निर्देशक राम गुरुङको फिल्म कवड्डीले उत्कृष्ट चलचित्रको अवार्ड सहित उत्कृष्ट लेखनको अवार्ड पनि जितेको छ । कवड्डीमा राम गुरुङ र उपेन्द्र सुब्बाको संयुक्त लेखन रहेको छ ।उत्कृष्ट चलचित्र निर्देशकको अवार्ड भने निश्चल बस्नेतले पाए । उनले टलकजंग भर्सेस टुल्केबाट यो अवार्ड हात पारेका हुन् । बस्नेत वेस्ट फिल्म अवार्ड जित्ने कवड्डीका निर्माता समेत हुन् ।वेस्ट एक्टरमा सम्बोधनबाट दयाहाङ राईले अवार्ड पाए । यस्तै वेस्ट एक्ट्रेस भने लब यू बाबाबाट बाल अभिनेत्री संगम विष्ट र टलकजंगबाट रिचा शर्माले पाए ।निमेश श्रेष्ठले जिग्रानाबाट उत्कृष्ट सम्पादकको अवार्ड पाए भने उत्कृष्ट छायाँकारको अवार्ड पनि जिग्राना फिल्मबाटै शैलेन्द्र कार्कीले पाए ।समारोहमा राष्ट्रपति डाक्टर रामवरण यादवले नयाँ संविधान जारी भएसँगै मुलुकको सबै क्षेत्रसँगै चलचित्र क्षेत्रले पनि विकासको गति लिने विश्वास व्यक्त गर्नुभयो । यस्तै सूचना तथा सञ्चार मन्त्री मिनेन्द्र रिजालले देशको चलचित्र क्षेत्र र कला संस्कृतिको विकास,उन्नति र प्रवद्र्धनका लागि आफ्नो तर्फबाट हुनेसम्मको पहल अझै जारी रहने बताउँनुभयो ।