मिस नेपालको ताज मानन्धरलाई

img1

यस वर्षको मिस नेपालको ताज इभाना मानन्धरले जित्न सफल भएकी छन् ।दि हिडन ट्रेजरले आयोजना गरेको प्रतियोगिताको आज अन्तिम प्रतिस्पर्धामा १८ प्रतियोगीलाई पछि पार्दै मानन्धरले ताज जितेकी हुन् । मिस नेपालको फष्ट रनरअप दिब्यता बैद्य र सेकेन्ड रनरअप उपाधी मेधा कोइरालाले हात पारे । मिस नेपाल २०१५ की विजेता मानन्धरलाई २०१४ की मिस नेपाल सुुबिन लिम्बुले ताज पहिराएकी थिइन् ।