पिकेले नेपालमै कमायो सात करोड

img1

आमिर खानको सर्वाधिक चर्चित फिल्म पिकेले नेपालमै मात्र ७ करोड ग्रस ब्यापार गरेको छ । चौंथो साताको यो ब्यापार अझै थामिने देखिएको छैन, बरु मल्टिप्लेक्समा सोजहरु स्थिर छन् र अकुपेन्सी गतिशिल छ । पिकेको यो कलेक्सन कुनै विदेशी सिनेमाले नेपाली बक्सअफिसमा कमाएको सर्वाधिक आम्दानी हो । मोफसल टेरिटोरीमा भने सिनेमा पुरै उत्रिएको छ । मोफसलबाट फिल्मको नेट कलेक्सन डेढ करोडभन्दा बढी छ ।

बिग मूभिजमा मात्र फिल्मको नेट कलेक्सन १ करोड छ । यो कलेक्सन पुरै मोफसलको बराबर हो । क्यूएफएक्समा फिल्मको ग्रस एक्लै साढे दुई देखि तीन करोड अनुमान गरिएको छ । बिग मूभिज व्यवस्थापक दीपक मेहताले पिके अझै हाउसफूल रहेको बताए । बलियो वर्ड अफ माउथका कारण पिकेसामु हलिउडको टेकन थ्री र तेवर निरिह देखिए । टेकन थ्रीले भने नेपाली बक्सअफिसमा औषत कलेक्सन जारी राखेको छ । रोचक कुरा त, पिके अझै मल्टिप्लेक्समा सोज घट्ने अवस्थामा देखिएको छैन ।

अघिल्लो आमिर खानको फिल्मको धुम ३ ले नेपाली बक्सअफिसमा ५ करोड ग्रस बराबरको ब्यापार गरेको हो । पिके वितरक उज्वल पौडेल र गोपिकृष्ण मूभिजले कलेक्सन पुष्टि गरेका छन् ।