नेपाल आउँदै हाँस्यव्यंग्य कलाकार कपिल शर्मा

img1

भारतका चर्चित हाँस्यव्यंग्य कलाकार कपिल शर्मा नेपाल आउने भएका छन् । एनसेलले आयोजना गर्ने कार्यक्रममा शर्मा नेपाल आउन लागेका हुन् । आफ्ना ग्राहकलाई मनोरञ्जन प्रदान गर्ने उद्देश्यले एनसेलले  मंसिर २७ मा सांगीतिक तथा मनोरञ्जनले भरिपूर्ण कार्यक्रम एनसेल पर्पल फेष्ट गर्दैछ ।

पर्पल फेष्टमा नेपाली तथा भारतीय कलाकारहरुको उपस्थिती रहनेछ र एनसेलका ग्राहकको साँझ संगीत र हाँसोले भरिपूर्ण बनाउने तयारी गरेको छ । कार्यक्रममा भारतका कपिल शर्मा र सांगीतिक व्यक्तित्व सोनु निगमसँगै नेपाली गायकहरु सुगम पोखरेल, यम बुद्घ तथा जीतु नेपाल र विल्सन विक्रम राईको समेत सहभागिता रहनेछ ।

कात्तिक ३० देखि मंसिर २६ गतेसम्म १ जी बी वा त्योभन्दा धेरै डाटा एक्टिभेट गर्ने एनसेलका कुनै पनि ग्राहकहरुले काठमाडौं उपत्यका कुनै पनि तथा वनेपाका एनसेल सेन्टरबाट  पर्पल फेष्टको टिकट प्राप्त गर्न सक्नेछन् ।ग्राहकको सहजताका लागि एनसेलले तीन प्रकारका टिकटहरु उपलब्ध गराउने छ । कर वाहेक रु २९९९ मूल्य रहेको १० जीबी प्याकको खरिद गर्नेले गोल्ड टिकट, कर वाहेक रु १३९८ मुल्यको २ जीबी (१ जीबी प्लस १ जीबी प्याक) खरिद गर्नेले सिल्भर टिकट र कर वाहेक रु ६९९ रहेको १ जीबी डाटा प्याक खरिद गर्नेले ब्रन्ज टिकट प्राप्त गर्नेछन् ।