प्राइम एफएम पाँचौं बर्षमा, बालिकाहरुलाई सहयोग

img1

काभ्रेसहित आसपासका २२ जिल्लाका स्रोताहरुको मन जित्न सफल प्राइम एफएम १०४.५ मेगाहर्ज आज (पुस १७)देखि चौंथोे बर्ष पुरा गरी पाँचौं बर्षमा प्रवेश गरेको छ । विक्रम संवत २०६७ साल पुस १७ गतेदेखि प्राइम एफएमले आफ्नो औपचारिक प्रशारण सुरु गरेको थियो ।

यही फ्रिक्वेन्सीमा त्यसभन्दा झण्डै एक बर्ष अघि रेडियो नयाँ सन्देश प्रशारण भएको थियो । जिल्लामा सञ्चार क्षेत्रमा लामो समयदेखि क्रियाशिल व्यक्तिहरुको सक्रियतामा प्रशारण आरम्भ गरेको प्राइम एफएम १०४.५ मेगाहर्जले आफ्नो चारबर्षको यात्राको अवधिमा धेरै स्रोताको मन जित्न सफल भएको विश्वास प्राइम एफएमले गरेको छ । बढ्दो लोडसेडिङ, विज्ञापनमा अस्वस्थ प्रतिस्पर्धा लगायतका समस्याका बाबजुत एफएमले लोकतन्त्रको सम्वद्र्धन, मानवअधिकारको संरक्षण तथा जनताको सूचनाको हकको सम्मान गर्दै आफ्नो प्रशारणलाई अझ प्रभावकारी बनाउँदै लैजाने एफएमका अध्यक्ष एवं प्रबन्ध निर्देशक अशोक व्याञ्जुले बताएका छन् । आई सामूदायिक सञ्चार केन्द्रबाट सञ्चालित एफएमले आगामी बर्षमा स्रोताहरुको मागअनुसार कार्यक्रमहरु थप गर्ने तथा सामाजिक क्षेत्रमा पनि विविध कार्यक्रमहरु सञ्चालन गर्ने योजना बनाएको छ ।
एफएमको बार्षिकोत्सवको अवसरमा आज धुलिखेलमा रहेको बालगृहमा आश्रित बालिकाहरुलाई शैक्षिक सामग्री वितरण गरिएको छ । हेल्प नेपाल नेटवर्कबाट सञ्चालित बालगृहमा १० जना बालिकाहरु आश्रित छन् । उनीहरुलाई शैक्षिक सामग्री प्रदान गर्दै एफएमका अध्यक्ष व्याञ्जुले आगामी दिनमा पनि सामाजिक क्षेत्रमा थप प्रभावकारी कामहरु गर्ने एफएमका अध्यक्ष व्याञ्जुले बताएका थिए ।