सुनिल थापा फिल्म फेयर अवार्डको मनोनयनमा

img1

अभिनेता सुनिल थापा ‘फिल्म फेयर अवार्ड’को मनोनयन परेका छन् । बलिउडको प्रतिष्ठित फिल्म फेयर अवार्डको यो ६० औं श्रृङ्खला हो ।
सञ्जयलीला भन्साली निर्देशित फिल्म ‘मेरी कोम’मा खेल प्रशिक्षकको भूमिका निर्वाह गरेका थापा ‘बेष्ट एक्टर सपोटिङ रोल मेल’ मा मनोनयनमा परेका हुन् ।
बलिउडवाटै अभिनय यात्रा आरम्भ गरेका थापा तुलसी घिमिरे निर्देशित ‘चिनो’ रिलिजपछि खलनायकका रुपमा स्थापित भएका थिए ।
एक सयको हाराहारीमा नेपाली चलचित्रमा अभिनय गरेका थापाले ‘बुहारी’ नामक फिल्ममा लगानी समेत गरेका थिए ।
अहिले मुम्बइ बस्दै आएका थापा केही दक्षिण भारतीय फिल्ममा पनि काम गर्ने योजनामा छन् ।