नौ करोडको अफर किन छाड्नि प्रियंकाले ?

img1

बलिउडका चल्तीका कलाकारका लागि आम्दानीका श्रोत धेरै छन् । कोही चलचित्र खेलेर पैसा कमाउ“छन् त कोही विज्ञापनबाट नै । बलिउड नायिका प्रियंका चोपडा पनि चलचित्र र विज्ञापनबाट राम्रो आम्दानी गर्छिन् । उनै, नायिकाले एक बिहेमा नाचेको ९ करोड रुपैया“को अफर नकारेकी छिन् ।

चन्डीगढका एक करोडपतिको बिहेमा नाचे वापत उनलाई ९ करोडको अफर गरिएको थियो । तर, उनले आफू चलचित्रको काममा व्यस्त भएको भन्दै अफरलाई नकारिन् ।

प्रियंका यतिबेला आफ्नै होम प्रोडक्शनमा नया चलचित्रको निर्माणको तयारीमा छिन् । मधुर भण्डारकरले निर्देशन गर्न लागेको चलचित्रलाई समेत उनले समय दिन भ्याएकी छैनन् । यसैले, उनले बिहेका नाचेको ९ करोडको अफरलाई छोडेकी हुन् ।