दक्षिण अफ्रिकी सुन्दरीलाई मिस वर्ल्डको उपाधि

img1

दक्षिण अफ्रिकी सुन्दरी रोलिनी स्ट्रसले यस बर्षको विश्व सुन्दरी अर्थात मिस वर्ल्डको उपाधि जितेकी छन् । आइतबार राती बेलायतको लण्डनमा भएको कार्यक्रममा उनलाई विश्व सुन्दरी घोषित गरिएको हो । प्रतियोगितामा यस्तै, फस्ट रनरअपको उपाधि हंगेरकी इडिना कुल्सार र सेकेन्ड रनरअप अमेरिकाकी एलिजावेथ साफ्रिटले जिते । नेपालबाट प्रतियोगितामा भाग लिन पुगेकी सुविन लिम्बु भने खाली हात घर फर्कन बाध्य भइन् । पिपुल च्वाइस अवार्डमा टपनेटमा पुगेकी उनी फाइनल चरणमा भने पुग्न सकिनन् र पहिलो राउण्डबाटै बाहिरिइन् ।