कार्यक्रम नभएपनि पुरै पारिश्रमिक लिएर गए कपिल शर्मा

img1

काठमाडौंमा मंसिर २७ मा हुने भनिएको एनसेल पर्पलफेष्ट  कार्यक्रम रद्द भएपनि भारतीय कमेडियन कपिल शर्माले एनसेलबाट पुरै पारिश्रमिक लिएका छन् । उनीसहित आएको सोनु निगमको सांगीतिक टीमले पनि रकम बुझेको छ ।

आइतबार केही पत्रकारसँगको भेटमा उनी कार्यक्रम रोकिएकोप्रति असन्तुष्ट सुनिए । यसबारे खुलस्त कुरा गर्न नचाहेका कपिलले शनिबारको प्रेसमिटमा नेपाल आउने बताएपनि उनी आउन नचाहेको बुझिएको छ ।

यद्यपी, उनका निकटवर्तीसँग गरिएको कुराकानीमा कपिल आयोजकको तयारीलाई लिएर असन्तुष्ट थिए । एनसेलले पुन हुने पर्पलफेस्टमा सहभागि हुन आग्रह गरेपनि कपिलले अहिलेसम्म जवाफ दिइसकेका छैनन् ।

उनले २८ मंसिरको दिउँुो १ बजे पशुपति दर्शन गरे र मुम्बई फर्किए । २७ मंसिरमा शनिबार ढिलो गरि प्रेसमिटमा उपस्थित कपिलको बडी ल्यांग्वेज र भाषाको छनौट हेर्दा उनी कार्यक्रम रोकिएकोप्रति चिन्तित छन् ।

यसैबीच, ट्वीटरमा समेत कार्यक्रम रोकिएकोप्रति पक्ष र बिपक्षमा बहस सुरु भएको छ । कतिपयले अन्तराष्ट्रिय कार्यक्रम रोकिँदा राम्रो सन्देश नजाने बताएका छन् ।

म पनि निराश छ : दादी
सपिङका लागि दरबारमार्गमा निस्किएका दादी (अलि अजगर)ले पत्रकार कृष्ण भट्टराईसँग भेट गरे । भट्टराईसँग कुरा गर्दै उनले नेपालीलाई हँसाउन नपाएकोमा आफू निराश भएको पनि बताए