किन रोकियो तीतो सत्य ?

img1

किन रोकियो तीतो सत्य ?
नेपाल टेलिभिजिनको चर्चित कार्यक्रम तीतो सत्यको बिहिबारको अंक प्रसारणमा सरकारले रोक लगाएको छ ।
 भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नक्कल गरिएको कारण तीतो सत्यको प्रसारणमा सरकारले रोक लगाएको हो । तीतो सत्यको ५ सय ७६ औं भागको अंकमा टेलिभिनजको सेन्सर बोर्डले रोक लगाएको हो । सरकारी मातहतको नेपाल टेलिभिजनले नेपाल सरकार र छिमेकी राष्ट्रलाई समेत असर पु¥याउने सामाग्री प्रसारण नगर्ने भन्दै तीतो सत्यको बिहिबारको प्रसारण रोकिएको हो ।

गत साताको अंकमा भारतीय प्रधानमन्त्री मोदी आउने भएपछि राजधानी मात्र नभई मोदीले भ्रमण गर्ने गाउँ र गल्लीमा पनि विकास भएको भन्दै नेपालको विकास गर्न मोदी नै आउने पर्ने रमाईलो ब्यंग्य हानिएको थियो । ब्यंग्य हान्न नक्कली मोदी बनेका थिए कलाकार शिवहरी बैरागी ।

सरकारप्रतिको यो व्यंग्यले अन्तत तीतो सत्यको बिहिबारको अंक प्रसारण नै भएन । प्रसारण भईसकेको कुनै अंकलाई टेलिभिजनले पुन प्रसारण गरेको थियो । मिडिया हबले प्रायोजन गरेको तीतो सत्यको प्रसारण हुन नसकेपछि कार्यक्रमका निर्देशक दिपकराज गिरीले सामाजिक सञ्जाल फेसबुक मार्फत नै आपत्ति जनाएका छन् । समाजमा घटिरहेको घट्ना जनतासामु लैजान नदिएको प्रति उनले दुःख व्यक्त गरेका छन् । प्रसिद्ध व्यक्तिको नक्कल वा व्यंग्य गर्न पाउनु नै लोकतन्त्रको सुन्दरता भएको दिपकको भनाई छ ।