को–को परे फिफा बर्ष खेलाडीको अन्तिम मनोनयनमा ?

img1

विश्व फुटबल महासंघ फिफाले यो बर्षको बर्ष खेलाडी अर्थात बालोन डे ओरको अन्तिम मनोनयनमा लियोनल मेसी र क्रिष्टियानो रोनाल्डोसँगै म्यानुअल नेउर परेको घोषणा गरेको छ ।
 सुरुवातमा बनाइएको २३ जनाको सूचीबाट उनीहरुलाई अन्तिम प्रतिस्पर्धाको लागि छानिएको हो । फिफाले छान्ने बर्ष फुटबल खेलाडीको घोषणा जनबरी १२ मा हुनेछ । जर्मनीकी जाडिन केसलेर, ब्राजिलकी मार्टा र अमेरिकाकी अबी वाम्बाक महिला फुटबल बर्ष खेलाडीको लागि अन्तिम सूचीमा छानिएका छन् ।
जर्मनीलाई विश्वकप उपाधि जिताउने जोचिम लो, रियल मड्रिडका कोच कार्लो एन्सेलोट्टी र एथ्लेटिको मड्रिडका कोच डियगो सिमोन उत्कृष्ट प्रशिक्षकको अन्तिम सूचीमा छन् । पोर्चुगाली स्टार रोनाल्डो सन् २०१३ का उपाधि विजेता हुन् । त्यसअघिको चार बर्ष लागतार उपाधि जितेर कीर्तिमान कायम राखेका मेसी अघिल्लो बर्ष पनि अन्तिम सूचीमा थिए । २९ वर्षीय रोनाल्डोले सन् २०१३–१४ सिजनका ५१ गोल गरेका छन् । उनकै प्रदर्शनले रियल मड्रिडले च्याम्पियन्स लिगको उपाधि जित्यो । गत बर्ष रोनाल्डोले बायन म्युनिखका फ्रान्क रिबेरी र बार्सिलोनाका मेसीलाई जितेर उपाधि जितेका थिए ।
 २७ वर्षीय मेसीले सन् २००९ देखि लगातार चार बर्ष उपाधि आफ्नो पोल्टामा पारे । अर्जेन्टिनी स्टार मेसीले यो सिजनमा ला लिगा गोल स्कोरिङ रेकर्ड भत्काएका छन् भने च्याम्पियन्स लिगमा सर्वाधिक गोलगर्ने खेलाडी बनेका छन् । बायन म्युनिखका २८ वर्षीय नेउर बेलोन डेओरको अन्तिम सूचीमा पर्ने सन् २००२ पछिका पहिलो गोलकिपर हुन् ।