New & Events

विश्व सुन्दरीको ताज जित्ने ‘मिस नेपाल’को दाबी

Added: Tuesday 18th of November

लण्डनमा आयोजना हुन लागेको ‘मिस वल्र्ड’मा नेपालको तर्फबाट ‘मिस नेपाल’ सुबिन लिम्बु सहभागी हुनेछिन् । उनलाई एक कार्यक्रमको आयोजना गर्दै राष्ट्रिय पोशाक हस्तान्तरण गरिएको छ । ‘मेथिली’ नामक राष्ट्रिय पोशाक उनलाई हस्तान्तरण गरिएको हो ।

read more

नेपाल आउँदै हाँस्यव्यंग्य कलाकार कपिल शर्मा

Added: Tuesday 18th of November

भारतका चर्चित हाँस्यव्यंग्य कलाकार कपिल शर्मा नेपाल आउने भएका छन् । एनसेलले आयोजना गर्ने कार्यक्रममा शर्मा नेपाल आउन लागेका हुन् । आफ्ना ग्राहकलाई मनोरञ्जन प्रदान गर्ने उद्देश्यले एनसेलले मंसिर २७ मा सांगीतिक तथा मनोरञ्जनले भरिपूर्ण कार्यक्रम एनसेल पर्पल फेष्ट गर्दैछ । पर्पल फेष्टमा नेपाली तथा भारतीय कलाकारहरुको उपस्थिती रहनेछ र एनसेलका ग्राहकको साँझ संगीत र हाँसोले भरिपूर्ण बनाउने तयारी गरेको छ । कार्यक्रममा भारतका कपिल शर्मा र सांगीतिक व्यक्तित्व सोनु निगमसँगै नेपाली गायकहरु सुगम पोखरेल, यम

read more

‘वडा नम्बर ६’ लाई दयाहाङ्गले हाँक्ने

Added: Tuesday 18th of November

दिपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माले मिलेर निर्माण गर्ने दोश्रो फिल्म ‘वडा नम्वर ६’ मा कलाकार दयाहाङ राई अनुबन्धित हुनु भएको छ । उज्जवल घिमिरेले निर्देशन गर्नु हुने चलचित्रमा दयाहाङको महत्वपूर्ण भूमिका हुनेछ । यसअघि चलचित्रको मुख्य भुमिकामा देखिने भनिएका कलाकार विल्सन विक्रम राईले अब अतिथि भुमिका मात्र खेल्नु हुनेछ ।

read more

टी-२० सेरिज खेल्ने नेपाली टीमको जर्सी आइपुगेन

Added: Wednesday 19th of November

हङकङसँग टी-२० क्रिकेट सेरिज खेल्न दम्बुला आएको नेपाली टीमको जर्सी अझै आइपुगेको छैन । पानीका कारण पहिलो टी २० खेल निर्धारित समयमा सुरु नहुने पक्का भएको छ । तर, टीममा भने खेल हुने नहुनेसँगै खेल भए कुन जर्सी लगाएर खेल्ने भन्ने तनाव थपिएको छ । टीम म्यानेजर शैलेश चौधरीले जर्सी नआएकोबारे क्यानमा ताकेता गरिरहेका छन् । स्रोतका अनुसार जर्सी निर्माता कम्पनी ‘बीएस’ले जर्सी कोलम्बा पुगिसकेको बताएको छ । तर, कोलम्बोबाट दाम्बुला आउनै ४-५ घण्टा समय लाग्छ । जर्सी नआए नेपाली खेलाडीले पुरानै जर्सीमा खेल्नु पर्नेछ

read more

मिस होन्डुरस मृत फेला

Added: Thursday 20th of November

मिस होन्डुरस मारिया जोसे अल्भराडो आफ्नी दिदीसहित बुधबार मृत फेला परेकी छन्। मारिया १९ वर्षकी थिइन् भने उनकी दिदी २३ वर्षकी।

read more

अनुष्काबारे बोले विराट

Added: Saturday 22nd of November

भारतीय क्रिकेटर विराट कोहली ब्याटिङमा जति आक्रामक छन्, अरू स्टाइलमा पनि त्यही स्वभाव झल्काउने गर्छन् । जस्तो कि, भर्खरै उनले एक ठाउँ भनेका छन्, 'अनुष्का शर्मासँगको मेरो रिलेसनसिप खुला किताबजत्तिकै छ ।'

read more

जेरीले चोर्यो कोरियन फिल्मको पोष्टर

Added: Monday 24th of November

गत साता रिलिज भएर चर्चामा आएको नेपाली फिल्म जेरी अहिले अर्को काण्डका कारण चर्चामा छ । कोरियन फिल्मको पोष्टरको हुबहु मिल्ने गरी आफ्नो पोष्टर बनाएको पाइए पनि जेरी चर्चा र विवादमा आएको हो ।

read more

को–को परे फिफा बर्ष खेलाडीको अन्तिम मनोनयनमा ?

Added: Tuesday 2nd of December

विश्व फुटबल महासंघ फिफाले यो बर्षको बर्ष खेलाडी अर्थात बालोन डे ओरको अन्तिम मनोनयनमा लियोनल मेसी र क्रिष्टियानो रोनाल्डोसँगै म्यानुअल नेउर परेको घोषणा गरेको छ ।

read more

किन रोकियो तीतो सत्य ?

Added: Friday 5th of December

नेपाल टेलिभिजिनको चर्चित कार्यक्रम तीतो सत्यको बिहिबारको अंक प्रसारणमा सरकारले रोक लगाएको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नक्कल गरिएको कारण तीतो सत्यको प्रसारणमा सरकारले रोक लगाएको हो ।

read more

के चाहिँ गर्छन् आमिर खानले ?

Added: Sunday 14th of December

आमिर खानलाई पहिले पहिले चकलेटी हिरो भनिन्थ्यो । वर्षमा एउटा फिल्म खेल्न र निर्देशकको काममा हस्तक्षेप हुने गरेर फिल्ममा आफ्नो भूमिकाबारे व्यापक अध्ययन गर्न थाले, उनलाई मिस्टर पर्फेक्सनिस्ट भन्न थालियो ।

read more

कार्यक्रम नभएपनि पुरै पारिश्रमिक लिएर गए कपिल शर्मा

Added: Sunday 14th of December

काठमाडौंमा मंसिर २७ मा हुने भनिएको एनसेल पर्पलफेष्ट कार्यक्रम रद्द भएपनि भारतीय कमेडियन कपिल शर्माले एनसेलबाट पुरै पारिश्रमिक लिएका छन् । उनीसहित आएको सोनु निगमको सांगीतिक टीमले पनि रकम बुझेको छ ।

read more

दक्षिण अफ्रिकी सुन्दरीलाई मिस वर्ल्डको उपाधि

Added: Monday 15th of December

दक्षिण अफ्रिकी सुन्दरी रोलिनी स्ट्रसले यस बर्षको विश्व सुन्दरी अर्थात मिस वर्ल्डको उपाधि जितेकी छन् । आइतबार राती बेलायतको लण्डनमा भएको कार्यक्रममा उनलाई विश्व सुन्दरी घोषित गरिएको हो ।

read more

किंगफिसर क्यालेन्डरमा आस्था

Added: Thursday 25th of December

नेपाली मोडल आस्था पोखरेल किंगफिसर क्यालेन्डरको आवरणमा देखिन भएकी छन्। भारतीय एनिडटिभी गुड टाइम्सको कार्यक्रम 'किगंफिसर सुपरमोडल २' सिरिजकी विजेता हुँदै उनी क्यालेन्डरमा देखिन लागेकी हुन्।

read more

प्राइम एफएम पाँचौं बर्षमा, बालिकाहरुलाई सहयोग

Added: Thursday 1st of January

काभ्रेसहित आसपासका २२ जिल्लाका स्रोताहरुको मन जित्न सफल प्राइम एफएम १०४.५ मेगाहर्ज आज (पुस १७)देखि चौंथोे बर्ष पुरा गरी पाँचौं बर्षमा प्रवेश गरेको छ । विक्रम संवत २०६७ साल पुस १७ गतेदेखि प्राइम एफएमले आफ्नो औपचारिक प्रशारण सुरु गरेको थियो ।

read more

विश्वभरबाट ६ सय करोड कमायो पिकेले

Added: Monday 5th of January

बलिउड अभिनेता आमिर खान अभिनित चलचित्र पिकेले भारत भित्र नै तीन सय करोड भारतीय रुपैयाँको व्यापार गरेको छ । पिकेले भारत भित्रमात्रै आइतबारसम्ममा तीनसय करोडको व्यापार गरेको हो ।

read more

पिकेले नेपालमै कमायो सात करोड

Added: Monday 12th of January

आमिर खानको सर्वाधिक चर्चित फिल्म पिकेले नेपालमै मात्र ७ करोड ग्रस ब्यापार गरेको छ । चौंथो साताको यो ब्यापार अझै थामिने देखिएको छैन, बरु मल्टिप्लेक्समा सोजहरु स्थिर छन् र अकुपेन्सी गतिशिल छ ।

read more

फिल्मफेयरमा शाहिद र कंगना सर्वोत्कृष्ट

Added: Sunday 1st of February

हिन्दी चलचित्र उद्योगमा सबै भन्दा प्रतिष्ठित मानिने फिल्मफेयर अवार्डस्को ६० औं संस्करण शनिबार राति एक भव्य कार्यक्रमकाबीच सम्पन्न भएको छ ।

read more

श्रेयाको सुटुक्क बिहे

Added: Friday 6th of February

बलिउडमा कलाकारहरु कोही धुमधामको साथमा बिहे गर्छन् त कोही सुटुक्क । तर, उनीहरुको कुनै न कुनै श्रोतबाट बिहेको चर्चा भै नै हाल्छ । बलिउड नायिका रानी मुखर्जीले पनि केही समय अघि सुटुक्क बिहे गरेकी थिइन् ।

read more

५ बर्षपछि अलग बाटोमा प्रश्ना र अराज केशव

Added: Thursday 19th of February

चलचित्र निर्देशक तथा गायक अराज केशव र गायिका प्रश्ना शाक्य कानुनी रुपमा नै अलग भएका छन् । चलचित्र ‘विर्खेलाई चिन्छस्’का निर्देशक अराज र गायिका तथा आरजे प्रश्ना शाक्यले १ बर्ष अगाडि कानुनी रुपमा अलग हुने बाटो रोजेका हुन् ।

read more

यी हुन् २०७१ का पाँच उत्कृष्ट फिल्मी गीत

Added: Tuesday 14th of April

फिल्म चल्नु/नचल्ने कुरा निर्धारण गर्न नसके पनि दर्शकलाई हलसम्म डोर्‍याउनुमा मुख्य भूमिका गीतसंगीतकै हुन्छ । त्यस कारण पनि निर्माता निर्देशकहरु गीत संगीतलाई निकै महत्व दिन्छन र मेहेनत गर्छन् ।

read more

बर्षका उत्कृष्ट ५ नेपाली नायिका, प्रियंका नम्बर वान

Added: Tuesday 14th of April

नेपाली चलचित्रका लागि बर्ष २०७१ सुखद बन्न नसके पनि निराशाजनक पनि बनेन । बर्षको अन्त्यमा प्रदर्शनमा आएका दुई चलचित्र ‘नाई नभन्नु ल ३’ र ‘हवल्दार सुन्तली’को व्यापारले चलचित्रकर्मीमा आशा जगाइदियो ।

read more

यी हुन् बर्षका उत्कृष्ट ५ नायक

Added: Tuesday 14th of April

नयाँ बर्ष २०७२ को आगमनको उमंगसँगै हामीले वित्दै गरेको बर्षमा नेपाली चलचित्र उद्योग कस्तो रह्यो भन्ने समिक्षा गर्दै छौं ।बर्ष ७१ नेपाली चलचित्रका लागि सुनौलो बन्न सकेन् । प्रतिशतको आधारमा हेर्ने हो भने ९० प्रतिशत चलचित्र पूर्ण रुपमा असफल भए । तर, पनि निर्माताहरुले लगानी गर्न छाडेनन् ।

read more

मिस नेपालको ताज मानन्धरलाई

Added: Sunday 19th of April

यस वर्षको मिस नेपालको ताज इभाना मानन्धरले जित्न सफल भएकी छन् ।दि हिडन ट्रेजरले आयोजना गरेको प्रतियोगिताको आज अन्तिम प्रतिस्पर्धामा १८ प्रतियोगीलाई पछि पार्दै मानन्धरले ताज जितेकी हुन् ।

read more

कबड्डीले जित्यो बेष्ट फिल्म अवार्ड

Added: Tuesday 28th of July

लामोसमयदेखि नेपाली चलचित्र क्षेत्रमा क्रियाशील रहि पुर्याएको योगदानको कदर स्वरुप अभिनेता,निर्देशक नीर शाहलाई सरकारले यस वर्षको दीर्घ साधना सम्मानबाट सम्मानित गरेको छ ।

read more

वडा नम्बर ६ प्रचार प्रसार नै यस्तो, फिल्म होला कस्तो ?

Added: Monday 14th of September

बालाजुस्थित माछापोखरीबाट शुरु गरिएको वडा नम्बर ६ को स्ट्रिट कन्सर्टलाई चलचित्र युनिटले निरन्तरता दिईएको छ । चलचित्र प्रर्दशनको संघारमा निकै आक्रमक प्रचार प्रसारमा उत्रेको वडा नम्बर ६ युनिटले आईतबार राजधानीका चक्रपथ, चावहिल र कोटेश्वरमा वृहत कार्यक्रम गरेको छ ।

read more